काठमाडौं । राजधानी काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। बिहीबार विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले उक्त सुन बरामद गरेको हो।
प्रहरी उच्च स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बूढानीलकण्ठ क्षेत्रमा खोजतलास गर्ने क्रममा सुन फेला पारेको हो।
बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा रहेको र बाँकी १० किलो प्रशोधनका लागि राखिएको अवस्थामा भेटिएको स्रोतले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ। घटनाबारे विस्तृत जानकारी दिन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।