बीरगंज १८ मंसिर : अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ । ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घद्वारा हिजो आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको अधिकार र आवश्यकताको सवालमा साताव्यापी कार्यक्रम सहित दिवस मनाइने जानकारी गराइएको छ । हप्ताभरी अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न सवभालमा छलफल, बहस तथा अन्तरक्रिया कार्यक्रम हुने मन्त्रालयले जनाएको छ ।