बिरगंज । ओमिक्रोन पहिलो पटक सन २०२१ नोभेम्बर २४ तारीखमा साउथ अफ्रिकामा पता लागेको थियो । पता लागेको २ दिन पछी २६ नोभेम्बरमा विश्व स्वास्थ्य संगठन (WHO)ले ओमिक्रोनलाई Variant of Concern को रुपमा चिन्तित गरेको थियो ।
निकै छिटो अवधिमा यो भेरिएन्ट साउथ अफ्रिकाबाट निक्लेर विश्व भरी नै फैलियो । शुरू शुरूमा गत बर्षमा डेल्टा भेरिएन्ट जस्तै दोश्रो वेवमा यसले पनी तेश्रो वेवमा निकै छती गर्ने हो की भन्ने मानिसहरुमा चिन्ता थियो । संयोगबस यो भेरिएन्ट डेल्टा भेरिएन्ट भन्दा केही फरक छ तर अहिले सम्म खासै घातक देखिएको छैन भने नारायणी अस्पतालमा कार्यरत बरिष्ठ फिजिसियन डा. राकेश तिवारी बताउँछन् ।
डा. तिवारीका अनुसार डेल्टा र ओमिक्रोन भेरिएन्टमा निम्न फरकहरु छन :-
ओमिक्रोन, डेल्टा भन्दा ५ गुणा बढी संक्रात्मक छ । यो निकै चाडै र धेरै छिटो सर्छ ।
ओमिक्रोनको धेरै जसो संक्रमण घाटी सम्म देखिएको छ र फोक्सोमा निकै कम मात्रामा संक्रमण देखिएको छ। फोक्सोमा भएपछी डेल्टा भेरिएन्ट भन्दा १० गुणा बिस्तारै मल्टिप्लिकेशन हुन्छ । त्यसकारण कडा निमोनिया हुन्छ र अक्सिजनको कमी वा भेंटिलेटरको आवश्यकता बिरलै हुन्छ ।
ओमिक्रोनको संक्रमण पश्चात निकै बढी मात्रामा ऐंटीबॉडी बन्ने देखिएको छ ।
निकै छिटो गतिमा फैलिने गरेकोले ओमिक्रोन भेरिएन्टले बिस्तारै अरु सबै भेरिएन्टलाई बिस्तापित गर्दै गएको देखिएको छ। नेपालमा पनी हालै गरिएको अध्धयनमा ओमिक्रोन ८८% मा देखिएको छ ।
यसरी ओमिक्रोन चाडै फैलिने तर लक्षण नगराउने र संक्रमण पश्चात धेरै मात्रामा ऐंटीबॉडी बन्ने भएकोले ओमिक्रोनलाई प्राकृतिक खोपको रुपमा पनी हेर्न थालिएको छ। अन्तमा ओमिक्रोन अहिले हाम्रो लागी बारदान साबित भैरहेको छ भने डा. तिवारी बताउॅंछन ।
(वीरगञ्जस्थित नाराणी अस्पतालमा कार्यरत बरिष्ठ फिजिसियन डा. राकेश तिवारी सँग गरिएको कुराकानीमा आधारित । उहाँसँग परामर्श लिन नारायणी अस्पताल वीरगंजमा सम्पर्क गर्नुहोला ।)
.jpeg)