पर्सा । वीरगञ्जमा बिरयानी खाँदा साङ्लो भेटिएको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले सम्बन्धित होटलमाथि कारबाही गरेको छ। छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई प्रशासनले २ लाख रुपैयाँ जरिवाना गरेको हो।
जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा होटलको भान्सा तथा परिसरमा सरसफाइको अवस्था कमजोर रहेको पाइएको थियो। अनुगमन टोलीले दहीमा किरा तथा मासु सडेको अवस्थामा समेत फेला पारेको जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना नगरेको पाइएपछि होटल सञ्चालकलाई २ लाख रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।