पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपरडाढीका आगलागी पीडित परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा जगरनाथपुर गाउँपालिकाका मेयर पदका प्रत्याशी बृजेश्वर प्रसाद चौधरीको विशेष पहलमा आगलागीबाट घरबारविहीन भएका स्थानीय रविन्द्र साह गोलदारको परिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो।
चौधरीको पहलमा नाम सार्वजनिक नगर्ने सर्तमा एक उद्योगी व्यवसायीले पीडित परिवारलाई राहत सामग्री सहयोग गरेका हुन्।
परिवारलाई ३ बोरा चामल, १ बोरा चिउरा, ४ प्याकेट आँटा, १ बोरा आलु, १० किलो प्याज, रिफाइन तेल, साबुन, सर्फ, विभिन्न प्रकारका मसला तथा दाललगायतका खाद्यान्न सामग्री प्रदान गरिएको छ।
त्यसैगरी, परिवारकी छठ व्रत बस्ने तयारीमा रहेकी एक महिलालाई साया–ब्लाउजसहितको एक जोर साडी तथा अन्य आवश्यक लत्ताकपडासमेत उपलब्ध गराइएको छ।