पर्सा । छठ पर्वको अवसरमा मधेस प्रदेश आएकास्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला र नेपाली कांग्रेसका सभापति गगन थापाबिच पर्साको वीरगञ्जमा भेटघाट तथा संक्षिप्त कुराकानी भएको छ।
सोमबार भएको भेटका क्रममा विशेषगरी मधेस प्रदेशलाई कसरी समुन्नत, सभ्य र समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।
सो अवसरमा धमलाले सरकारको विरोधमा मात्रै केन्द्रित नभई राजनीतिक दलहरूबीच सहकार्य गरेर देश विकासमा अघि बढ्नुपर्ने धारणा राखेका थिए।
त्यस्तै, केही दिनअघि सर्लाहीमा एकै परिवारका सात जनासहित १४ जनाको ज्यान जाने गरी भएको दुःखद घटनापछि अभिभावकविहीन तथा अलपत्र अवस्थामा रहेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिँदै निःशुल्क पढाउने विषयमा धमलाले थापासमक्ष प्रस्ताव राखेका थिए। धमलाको उक्त प्रस्तावप्रति सभापति थापाले सकारात्मक प्रतिक्रिया जनाउँदै यस विषयमा आन्तरिक छलफलसमेत गरेका थिए।
छठ पर्वको अवसरमा भएको उक्त भेटघाटमा मधेसको विकास, राजनीतिक सहकार्य र विपत्तिमा परेका बालबालिकाको भविष्य सुनिश्चित गर्ने विषयमा कुराकानी भएको थियो।