बारा । बाराको सुवर्ण गाउँपालिका– ६ (साबिक मझरिया– ६) स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका एक शिक्षकविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ।
शिक्षण पेसामा प्रवेश गर्दा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। यादवले बिहार इन्टरमेडियट एजुकेसन काउन्सिल पटनाबाट जारी भएको देखिने इन्टरमिडिएट तह (आइए)को नक्कली शैक्षिक प्रमाणपत्रहरू पेस गरी प्राथमिक तहको शिक्षक पदमा जागिर खाएको अख्त्यिारले जनाएको छ।
यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१)बमोजिमको कसुरमा आरोपपत्र दायर गरिएको हो।