पर्सा । पर्साका एसपी बिदामा रहेको मौका छोपी जिल्ला प्रहरीको प्रवक्ता समेत रहेका डिएसपी चक्र मल्लको मनोमानीकाे एकपछि अर्को घटना उदांगो भएको छ। एसपी पवन भट्टराई केही दिनको लागिमात्र बिदा जानबितिकै पर्साको विभिन्न सिमामा खुलम खुल्ला
तस्करी भईरहेको भिडियो मिडिया देखि समाजिक संजालमा छताछुल्ल भएका छन ।
अलिकति मौका पायो कि आफ्नो उदेश्य पुरागरि हाल्ने प्रहरी अधिकृतहरूको प्रवृतीले महिनो लगाएर सुधार गरेका पर्सा एसपीलाई ठाडो चुनौती दिने कार्य भएको प्रहरी वृतमा चर्चा छ ।
सिर्सिया,अमरपट्टी,धोरे,सबैढवा लगायतका नाका एसपी विदा रहेको मोका छोपी केही दिनको लागिमात्र भएपनि संस्थागत तस्करी भईरहेको दृष्य सार्वजनिक भएका छन ।
त्यतिमात्र होईन तस्करीको सामान र मोटरसाइकल सहित पर्सा क्राईम ब्रान्चको टोलीले नियंत्रणमा लिएको तस्कर जिल्ला प्रहरी परिसरबाटै बेपता भएका छन । उक्त प्रकरणमा समेत डिएसपी कै संलग्नता र मनोमानी देखिएको छ । तस्कर र उसको ना ३८ प ९०७४ नम्बरको मोटरसाइकल छाडन एसपी बिदामा रहेको फाइदा उठाउदै रकमी चलखेलपनि भएको प्रहरी श्रोतले खुलाएको छ । घटनाको छानबीन भएमा कति रकम प्रहरी अधिकृतले बुझेको कुरा यकिन हुने श्रोतले जनाएको छ ।
प्रहरी संगठनको आचरण विपरित आफ्नै मातहतका अधिकृतले काम गरेकोमा दुई जना ईन्सपेक्टरलाई कार्यवाही गरि चर्चा कमाएका एसपी भट्टराईले यस प्रकरणमा के गर्दैछन हेर्न बाकी छ ।
कार्यालयको नियंत्रणबाट एकजना तस्कर मोटरसाइकल सहित बेपता भएको घटना प्रकाशमा आएपछि प्रवक्ता रहेका डिएसपी मल्लले पत्रकारहरूलाई ढाटने प्रयास गरे । आईतबार घटनाबारे जानकारी खोज्दा पत्रकारहरूलाई मल्लले आज बिदा रहेको भोलि सोमबार समान,मोटरसाइकल र व्यक्ति सार्वजनिक गर्ने बताएका थिए । तर सोमबार उनले फोन उठाउन बन्द गरे । यस बिषयमा उनले केही कुरा गर्न चाहेन्न ।
गोप्य सुचनाको आधारमा गएको शनिबार बिहान करिब ९ बजेको समयमा ईलेक्ट्रोनिक्स पार्टस बीरगन्ज पुर्याउने क्रममा तिलावे पुल आसपासबाट पक्राउ परेका तस्कर जिल्ला प्रहरीबाट लापता भएपछि अहिले पर्सा प्रहरी भित्र खैलाबैला मचिएको छ । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कट्टी टोल निवासी नागादास तत्वा ना ३८ प ९०७४ नम्बरको मोटरसाइकल लिएर जिल्ला प्रहरी बाटै बेपता बनेका छन ।
मोटरसाइकलको साचो नदिए पछि प्रहरीले लोडर मार्फत मोटरसाइकल गाडीमा लोड गरि तत्वालाई जिल्ला प्रहरी ल्याएको थियो । पक्राउ पर्ने ठाउमा तत्वाले प्रहरीलाई २० हजार रकम दिने प्रयास गरेको तर क्राईम ब्रान्चबाट खटेको टोलीले अस्विकार गरि उनलाई जिल्ला पुर्याएको थियो। तर आईतवार तस्कर र मोटरसाइकल जिल्लाबाट गायब भएपछि प्रहरी अधिकृतहरू कै भुमिका माथि प्रशन उठेको छ ।