सुर्खेत । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालित दशौँ राष्ट्रिय खेलकुद-२०८३ अन्तर्गत शारीरिक सुगठन प्रतियोगितामा मधेस प्रदेशका खेलाडी हरिनारायण साहले उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक (तिस्रो स्थान) प्राप्त गर्नुभएको छ।
प्रतियोगिताको 'मेन्स क्लासिक बडी बिल्डिङ' (Men's Classic Bodybuilding) विधामा उहाँले तेस्रो स्थान हासिल गर्दै कास्य पदक जित्न सफल हुनुभएको हो। कडा प्रतिस्पर्धाबीच हासिल गरेको यो सफलताले मधेस प्रदेश र राष्ट्रकै खेलकुद क्षेत्रलाई गौरववान्वित बनाएको छ।
कडा प्रतिस्पर्धा र उच्च शारीरिक सुगठन मापदण्ड रहेको यस विधामा साहले आफ्नो उत्कृष्ट शारीरिक प्रस्तुति र मेहनतका कारण पदक हात पार्नुभएको हो। उहाँको यस सफलताले नेपालको खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा थप उचाइमा पुर्याउन मद्दत गरेको छ।