बीरगंज १८ मंसिर : पर्सा र बारामा थप चारजना संक्रमित पुष्टि भएका छन । नारायणी अस्पतालको प्रयोगशालामा ४९ जनाको स्वाब नमुना परिक्षण गर्दा चारजना संक्रमित पुष्टि भएको जिल्ला प्शासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनयकुमार श्रीवास्तवले बताए । बाराको एकजना र पर्साको दुईजना महिलासहित तीनजना संक्रमित भएको उनले बताए । संक्रमित हुने पर्साको तीनजना वीरगंज महानगरपालिका वडा नम्बर ११ को एकजना र वडा नम्बर १३ को दुइजना छन ।