बीरगंज १८ मंसिर : नेपाल–भारत सिमा खुला गर्न माग गर्दै आज सातौ दिन पनि वीरगंज भंसार कार्यालय अगाडी एकघण्टा धर्ना दिइएको छ । सिमा खुला गर्ने माग गर्दै नेपाल भारत खुला सिमा संवाद समाजले अनिश्चितकालिन एकघण्टे धर्ना कार्यक्रम शुरु गरेको हो ।
समाजका अध्यक्ष कृष्णा पटेलको अध्यक्षतामा आजको धर्नामा रम्भा मिश्र, मुन्नी श्रीवास्तव, प्रतिमा जोशी, राजेश पटेल, आचल सिंह, शेख मुना, गीता चौहान, महमल अरसद कमाललगायतको सहभागिता थियो । बिहान ९ बजे देखी १० बजे सम्म धर्ना दिने काम भैरहेको अध्यक्ष पटेलले बताए ।