वीरगंज,मंसिर १९
वीरगंजको रजत जयन्तीचोकमा रहेको नेपाल इन्डो हस्पिटल प्रालिलाई जिल्ला प्रशासन कार्यालय, पर्साले कारबाई शुरु गरेको छ । जिप्रका पर्सा, स्वास्थ्य कार्यालय, उपभोक्ता मञ्चको नेतृत्वमा गएको टोलीले अस्पतालमा रहेका कागजात नियन्त्रणमा लिएको छ । विना पूर्वाधार सञ्चालित अस्पताललाई तत्काल बन्द गर्न सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । अस्पतालमा बिरामी भर्ना भएको कारण कर्मचारीलाई नियन्त्रणमा नलिएको र सञ्चालकहरु फरार भएका सहायक प्रजिअ पौडेल बताए । अनुगमनको क्रममा चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि योग्यता अनुसार नपाएको उनले बताए । अस्पताल प्यान÷भ्याटमा दर्ता नभएको अनुसन्धानमा देखिएको छ । ल्याब टेक्निसियन, फार्मेसी संचालन गर्नेहरु पनि योग्यता अनुसाको नभएका र काम गर्ने कर्मचारीलाई नियुक्तिपत्र समेत नदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सहायक प्रजिअ पौडेलका अनुसार अस्पतालमा त्रुटि भेटिएकोले कारबाई प्रक्रिया अगाडि बढाएको छ ।