

वीरगंज,मंसिर २५
नारायणी अस्पतालका मेसु डा. सञ्जय ठाकुरले सक्रियता बढाए पछि अस्पतालमा व्यापक सुधार देखिएको छ । कोरोना कहर संगै चार महिना अगाडि नारायणी अस्पताल आउनु भएका मेसु ठाकुरले व्यापक सुधार गर्नुभएको छ । उहाँले बन्द रहेका अस्पातलको सम्पुर्ण सेवाहरु सुचारु,कोरोना अस्पताल व्यवस्थापन,कोभिड प्रोटेक्टेड ओपडि निर्माण,कर्मचारीलाई जोखिम भता बितरण, बिमाको व्यवस्था, फार्मेसीको उत्थानको प्रयास,ध्वस्त रहेको अस्पताल सप्लाई सिस्टमलाई पुर्नजिवन दिई टेन्डर प्रक्रिया शुरु,चुहावट न्युनिकरणको लागि अस्पताल हताभित्र बैंक शाखाको स्थापना,अस्पतालकोे वेबसाइट निर्माण, अक्जिन प्लान्टको लागि टेन्टर प्रक्रिया शुरु,दुई बजेपछि बिशेषज्ञ पेईङ्ग क्लिनिक, ५० बेडको ईमर्जेन्सी ब्लक,महानगरपालिकाको सहकार्यमा प्रत्येक शुक्रबार वृहत सरसफाई लगायत कार्यको थालनी गरिएको समाजिक संजाल मार्फत जानकारी दिनुभएको छ । यसैगरी प्रशासनिक काम बाहेक मेसु ठाकुर ओपडी र बिरामी जाँच्न स्यंम राउण्डमा जान थालेपछि बिरामीहरु उत्साहित भएका छन । मेसु ठाकुर राउण्डमा आएको बेला बिरामी तथा कुरुवाहरु अस्पतालका कमी कमजोरीहरु सुनाउन थालेका छन । ठाकुरले अस्पतालमा सुधारको लागि आफैबाट शुरुवात गरेका जानकारी दिनुभयो । उहाँले अस्पतालको बिकाशको लागि सवै डाक्टर, कर्मचारी लगायत सरोकारवाला सवैको भुमिका आवश्यक रहेको बताउनुभयो । उहाँले बिरामी र कुरुवाबाट आएका सुझावहरुलाई गम्भिर भएर मनन् र कार्यन्वय गरिएको समेत बताउनुभयो । उहाँले नारायणीलाई अस्पताललाई नमुना र सुबिधा सम्पन्न अस्पतालको रुपमा बिकाश गर्ने लक्ष्य रहेको बताउनुभयो ।