वीरगन्ज २७ मंसिर : रेडियो बीरगन्ज ९९ मेघाहजको १८ वर्ष पुरा गरि १९ वर्षमा प्रेवश गरेको छ । रेडियो बीरगन्जका कार्यकारी अध्यक्ष धुव साहको अध्यक्षता तथा प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीको प्रमुख आतिथ्य शुभकामना एवम् सम्मान कार्यक्रम समपन्न भएको छ । सम्मान तथा शुभकामना कार्यक्रममा मुख्य मन्त्री गर्ढीले सम्मानित हुनेहरुलाई बधाई दिनुहुदै पत्रकारले निपक्षय रुपमा कमल चलाउन आग्रह गर्नुभएको थियो ।
मन्त्री राउटले पत्रकारले सघिय लोकतान्त्रिक गणतन्त्र र मधेस आन्दोलनमा यहाँका पत्रकारहरुको उल्लेखनीय योगदान रहेको चर्चा गर्नु भएको थियो । त्यसैगरी प्रदेश नम्बर २ का भौतिक पुवधार मन्त्री जितेन्द्र सोनलले विकास निर्माण कुनै कसुर बाकी नराख्ने प्रतिबढता जनाउनु भएको थियोे ।
शुभकामना कार्यक्रममा सासद प्रदिप यादव ,नेपाल उधोग वाणिज्य महासघका केन्द्रीय सदस्य गोपाल केडिया, निलम्बित सासद हरि नारायण रौनियार ,नेपाल पत्रकार महासघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान,प्रदेश सभा सदस्य राजेस्वर साह तेली, प्रल्लाद गिरि, नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रजिअ आस्मान तामाङ ,नेपाली काङ्ग्रेस जिल्ला सभापति अजय दुवेढी, लगायतले शुभकामना एवम् मनतब्य दिनुभएको थियो । कार्यक्रमको सहजिकरण उज्ज्वल घिमिरेले गरेका थिए ।