वीरगंज,मंसिर २९
नारायणी अस्पताल वीरगंजमा जिल्ला प्रशासन कार्यालय पर्साले आज अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ्गको नेतृत्वमा गएको छड्के टोलीले कर्मचारीहरुको हाजरी रजिस्टर लगायत अन्य कागजातहरु चेकजाँच गरेको थियो । हाजरी रजिष्टरमा कर्मचारीहरुले एक दिन अगाडिको पनि हजारी गरेको तथा केही कर्मचारीले डेढ ÷डेढ महिना सम्मको पनि हाजरी नबनाएको भेटिएको प्रमुख जिल्ला अधिकारी तमाङ्गले जानकारी दिनुभयो ।अनुगमनको क्रममा देखिएका कमी कमजोरी सुर्धान बिशेष कदम चालिने अस्पतालका मेसु संजय ठाकुरले जानकारी दिनुभयो । उहाँले केही कर्मचारीहरुको असहयोगका कारण अस्पतालमा सुधार गर्न कठिनाई भएको बताउदै बितस्तारै अस्पतालमा सुधार गरी नमुना बनाईने बताउनुभयो ।