वीरगन्ज ४ पुष : रक्तसंचार केन्द्र वीरगंजमा रगतको अभाव हुने संकेत देखा परेको छ । अहिले तीनदिनको लागि पुग्ने रगत संचय रहेको तर रक्तदान चिसोको कारण प्रभावित भएको केन्द्रका प्रमुख प्राविधिक शौरभराज पाण्डेले बताउनुभयो ।
पछिल्लो पटक मंसिर २८ गतेपछि रक्तदान कार्यक्रम हुन सकेको छैन र संचित रगत क्रमश खर्च भैरहेकोले अभाव हुन सक्ने उनले बताए । केन्द्रका प्रमुख उदयराज शर्माले चिसोको कारण रक्तदान गर्ने क्रम रोकिएको तर दैनिक रगतको माग ३०÷४० युनिट नरोकिएको वहाले बताउनुभयो । प्रमुख शर्माले रक्तदान गर्न संघसंस्थाहरुलाई आग्रह गर्नुभएको छ ।