वीरगन्ज ४ पुष : बढदो जाडोबाट जोगिनुका लागि कपडा र खानेकुरा वितरण गरिएको छ । आशा किरण केन्द्र बिरगंजद्वारा वृद्ध एवं असहाय परिवारहरुलाइ महानगरपालिकाका नगरप्रमुख मेयर बिजय सरावगीको प्रमुख आतिथ्यतामा वार्ड नम्बर ३१ का लक्षमिपुर मुसहर बस्ती र नैका टोलका दलित बस्ती, बेलवामा १३० थान कम्बल बालबालिकाहरुको लागि बिस्कुट, चकलेट इत्यादि बितरण गरिएको छ ।
आशा किरण केन्द्र सिद्धार्थ माध्यमिक बिधालयको कम्पाउन्डमा स्थापित रहेको र मस्तिष्क पक्षघात तथा सुश्तमनिष्थिती बालबालिकाहरुको लागि दिवा हेरचाह केन्द्र रहेको साथै बेला बेलामा थप सामाजिक कार्यमा उल्लेखनीय भुमिका खेल्दै आएकोमा महानगरपालिकाको तर्फबाट आशा किरण केन्द्रका सम्पूर्ण टिमलाइ मेयर सरावगिले धन्यवाद ब्यक्त गरेका थिए ।
आशा किरण केन्द्रका अध्यक्ष सुनिल गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा सचिव राजन श्रीवास्तव, कोषाध्यक्ष सन्दिप मोहता, सदस्य डा.असोक दास, सुमिर कुमार, अनिल चौधरी, पिन्टु उपाध्याय लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।