वीरगन्ज ९ पुष : पर्साको बिन्दवासनी गाँउपालिकामा हिजो देखि सरसफाई सम्बन्धि चार दिने तालिम सुरु भएको छ । वडा नम्बर १ का वडा अध्यक्ष सागिर मियाँको अध्यक्षतामा उद्घाटन कार्यक्रम शुरु भएको थियो । गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नरेश चौहानले प्रशिक्षण दिइरहनु भएको छ ।
संघर्ष युवा क्लब पकाहामैनपुर आयोजनामा र गाउँपालिको सहयोगमा वाड नम्बर १ को वडास्तरिय कार्यक्रममा २५ जनाको सहभागि रहेका छन् । उदघाटन कार्यक्रममा लेखा अधिकृत मिथलेश कुशवाहा , ओमप्रकाश दास को विशेष उपस्थिती थियो ।