वीरगञ्ज, ११ पौष : एनसीई नेपाल, डिसिसि पर्साको आयोजना र समाजिक संस्था जिल्ला समन्वय समितीको आयोजनामा एकदिने युवा विकास बिषयक तालिम सम्पन्न भएको छ । सामाजिक सस्ंथा जिल्ला समन्वय समितीको समन्वयमा आफ्नै सभा हलमा सो तालिमा सम्पन्न भएको हो समितिका अध्यक्ष ईब्राहिम देवानको अध्यक्षतामा सम्पन्न तालिममा विभिन्न क्षेत्रमा काम गर्ने युवाहरुको सहभागीता रहेको थियो । तालिममा अध्यक्ष ईब्राहिम देवान, सल्लाहकार बृजकिशोर पटेल, उपाध्यक्ष रामाकान्त पटेल, महासचिव रामप्रवेश साह लगायतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजिकरण रुपक पाण्डेले गर्नु भएको थियो ।