वीरगन्ज १३ पुष : सिराहामा आफ्नै सासुको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका(३ की ३५ वर्षीया मन्जुदेवी साह रहेकी छन् । गत कात्तिक ११ गते आफ्नै कान्छो छोरा रामअवतार साह र बुहारी मन्जुले बोक्सीको आरोप लगाएर कुटपिट गर्दा ८५ वर्षीया सुदामादेवी घाइते भएकी थिइन् । छोरा र बुहारीको कुटाइबाट घाइते भएकी सुदामादेवीलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । दुई दिनको उपचारपछि उनलाई घरमै ल्याइएको थियो । तर कात्तिक १५ गते उनको स्वास्थ्य पुनः बिग्रिएपछि सिराहा जिल्ला अस्पताल लग्ने क्रममा बाटोमा नै मृत्यु भएको थियो । घट्ना लगत्तै प्रहरीले छोरा रामअवतारलाई नियन्त्रणमा लिएको थियो भने बुहारी मन्जु भने फरार भएकी थिइन् ।