वीरगन्ज १८ पुष : स्थानिय तह कर्मचारी युनियन नेपाल पर्साको आज पुनर्गठन गरिएको छ । जिल्ला समन्वय समिती पर्साको सभाहलमा सम्पन्न भेलाले घनश्याम प्रसाद कुर्मीको अध्यक्षतामा १३ सदसिय नयाँ कार्य समिती चयन गरेकोे छ । नवगठित कार्य समितीको उपाध्यक्षमा राजेश्वर प्रसाद कुर्मी,सचिवमा रामअयोध्या प्रसाद, कोषाध्यक्षमा बिजय कुमार साह, सदस्यहरुमा केदार सहनी, मोहन गौरो, वृजकिसोर प्रसाद, गणेश साह गोढ, जयनारायण प्रसाद महतो, दिपेन्द्र पटेल, रामप्रवेश चौरसिया, मणिभुषण महतो र नन्द किसोर गिरी रहेका छन ।
नेपाली काँग्रेसका केन्द्रिय तराई मधेश समन्वय बिभागका सचिव रामनारायण प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा भएका कार्यक्रममा बिशिष्ट अतिथी नेपाल कारखाना श्रमिक संघका केन्द्रिय अध्यक्ष अमृतलाल जोशी, नेपाल निजामति कर्मचारीका केन्द्रिय उपाध्यक्ष मनोज तिवारी, अतिथीहरुमा नेपाल ट्रेड युनियन पर्साका अध्यक्ष छोटेलाल प्रसाद,विशेश्वर पटेल लगायतको उपस्थिती रहेको थियो ।