वीरगन्ज १८ पुष : नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टीभी’ सेवा सुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टीभीको सुरुवात गरेको हो । एनटी टीभी सेवाको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुरुवात गर्नु भएको हो । टेलिकमले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको फाइबरमार्फत एनटी टीभी सञ्चालनमा ल्याएको हो । टेलिकमले ‘फाइबर टु दि होम’ एफटीटीएच मार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न थालेको हो । टेलिकमले ३९ जिल्लामा फाइबर सेवा विस्तार गरिसकेको छ ।