वीरगंज,२२ पुस : नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको पर्सा जिल्ला भेला वीरगंजमा सम्पन्न भएको छ । अखिलका केन्द्रिय सदस्य सागिर अंसारीको अध्यक्षतामा भेला सम्पन्न भएको हो । होटल कुमु प्यालेशमा सम्पन्न भेलालाई सम्बोधन गर्दै नेकपा पर्सा जिल्ला अध्यक्ष प्रभु हजराले देशको जिम्मेवारी अखिलको काँधमा थपिएको बताउनुभयो । उहाँले देशलाई संक्रमणकालिन अवस्थाबाट निकाश दिन बिद्यार्थीको भुमिका अहम भएकोले सवै बिद्यार्थीहरुलाई एकजुट आग्रह गर्नुभयो । यसैगरी संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य राजकुमार गुप्ताले बिद्यार्थी देशको कर्णधार भएकोले बिद्यार्थीहरुलाई संगठित हुन अनुरोध गर्नुभयो । उहाँले बिद्यार्थी संगठनबाट नेता उत्पादन हुने भएकोले संगठनलाई बिस्तार गरी नेतृत्वदायि भुमिका निर्वाह गर्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।


उहाँले प्रधानमन्त्री ओलीले गरेका राम्रा कामको प्रचार गर्न पनि बिद्यार्थी नेताहरुलाई आग्रह गर्नुभयो । व्यक्तिगत स्वार्थ र पदको लालचमा पार्टी र देशलाई नै धारपमा पार्ने नेताहरुलाई आउने चुनावमा तह लगाउनुपर्ने धारणा राख्नुभयो । भेलाले महमद रेयाज अंसारीको संयोजकत्वामा १४१ सदसीय कमिटी गठन गरेको छ । नव गठित कमिटीको सहसंयोजकमा अजित गुप्ता रहेका छन । ५५ यथावत र ८५ थप गरी १४१ सदसीय कमिटी बिस्तार गरिएको जिल्ला कमिटी सदस्य संजिव मिश्राले जानकारी दिनुभयो ।
नवनिर्वाचित पदधिकारीहरुको शपथ ग्रहण अखिलको स्थायि कमिट सदस्य अनिश कर्ण गराउनुभएको थियो । कार्यक्रममा अखिलका पुर्व अध्यक्ष रामबाबु यादवको बिदाई समेत गरिएको थियो । कार्यक्रममा संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य प्रधुमन चौहान, छिपहरमाई गाँउपालिका अध्यक्षमनोज गुप्ता, युवा पराग सिंह, अभिात बचन दास, संतोष पासवान, , यशवन्त यादव ,बिकाश रौनियार लगायतको उपस्थ्तिी रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य अजित साहले गरेका थिए भने सहजीकरण हेमन्त तमागंले गरेका थिए ।