वीरगन्ज २३ पुष : ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा पुर्व क्याम्पस प्रमुख डाक्टर राजदेव कुशवाहाको निधन भएको छ । काठमाण्डौको नर्भिक अस्पतालमा उपचारको क्रममा डाक्टर कुशवाहाको निधन भएको हो । गएको दशैं अघि वहा जन्डिसबाट पिडित हुनुभएको थियो । त्यसपछिको क्रममा वहामा विभिन्न रोगको संक्रमण देखिएको र केही दिनदेखी काठमाण्डौको नर्भिकमा भर्ना गरिएकोमा उपचारको क्रममा वहाको निधन भएको बताइएको छ ।