वीरगन्ज २४ पुष : अहिले देशको तराईका भू–भागमा बाक्लो कुहिरो लागेको छ । चिसोका कारण कुहिरो लागेको मौसमविद्ले बताएका छन् । दिउँसोपछि कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँकाअनुसार चर्को घाम भने लाग्ने सम्भावना छैन् । सुदूरपश्चिम र प्रदेश १ मा आज दिनभर बादल लाग्ने छ । रातिदेखि फेरि प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् बासीले बताउनुभयो ।