वीरगन्ज । मुलुककै कान्छो अध्यक्षको रुपमा प्रचार गरिएका बशिष्ठ कुमार गुप्ता अध्यक्ष रहेको पर्साको कालिकामाई गाउपालिकाको गाउँसभा अझै अनिश्चित बनेको छ । अध्यक्ष गुप्ताका काका दिनेश कलवार अप्रत्यक्ष रुपमा गाउपालिकाको कामकाज समहालेपछि जनप्रतिनिधिबीच सहमती हुन सकेको छैन ।
गतसाता गाँउसभाबारे सहमती मिलाउन अध्यक्षले ,उपाध्यक्ष तथा वडाध्यक्षहरुलाई बीरगंजको एक होटेलमा बोलाएका थिए । बैठक सुरु भएपछि त्यहा अर्कै दृष्य शुरु भयो । आफैले डाकेको बैठकमा अध्यक्ष गुप्ता एक घण्टा ढिलो पुगे । बैठक स्थलमा काका दिनेश कलवारलाई राखेर म एकछिन सुतेर आउछु भन्दै हिडेको एकजना वडाध्यक्ष बताउँछन । उक्त बैठकमा २ घण्टा छलफल चल्यो तर सहमती जुटेन ।
बैठकमा गुप्ताको पार्टी र लगानीबाट जितेका वडाध्यक्षहरु मौन थिए । बैठक सकेपछि काकाको फोनबाट अध्यक्ष गुप्ता त्याहा आएर पुःन काका सहित पैतृक गाँउ मुडली फर्केका थिए । यो दृष्य हेरेर उनकै पार्टीका वडाध्यक्षहरु तिन –छक्क परेका थिए । बैठकमा अध्यक्षका काकाले चुनावमा आफनो धेरै पैसा खर्च भएकाले यस बर्ष जम्मै बजेट आफुले चलाउन पाउनुपर्ने अडान राख्दै अन्त्यमा ३०–३० लाख रुपैया प्रत्येक वडामा बिकास निमार्णको लागि दिने र बाँकी पैसा चालु खर्चमा राखेर आफुले चलाउन अडान कसेका थिए । यता नेपाली कांग्रेस र एमालेका वडाध्यक्षहरुले समानुपातिक ढंगले बिकास निमार्णको बजेट बिनियोजन हुनुपर्ने अडान राखेका थिए । बैठकमा प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले सहमती र जनताको आवश्यकताको आधारमा बजेट बिनियोजन हुनुपर्ने सुझाएका थिए । तर गिरीको सुझावलाई अध्यक्षका काका दिनेश कलवारले वास्ता गरेनन ।
खोटाचलन र लागु औषध मुद्घामा सजाय पाएका कारण काका दिनेश कलवार र अध्यक्षका बुवा सुरेश कलवार निर्वाचनमा उम्मेदवार हुन नसकेपछि बशिष्ठलाई उम्मेदवार बनाएका थिए । यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा दिनेशले भाउजुलाई उम्मेदवार बनाएका थिए ।