वीरगञ्ज, २४ पौष : आज नेपाल कम्युनिष्ट पार्टीको पकाह मैनपुरा गाउँपालिकामा शक्ति प्रदर्शन भएको छ । नेकपा पर्साको निर्णय अनुसार हरेक पालिकामा भेला गर्ने निर्णय अनुसार आज पकाहामा भेला सम्पन्न भएको हो । भेलामा नेकपा पर्साका अध्यक्ष प्रभु हजराले वर्तमान सरकारले जनताको हितमा गरेको लोककल्याणकारी कामको प्रचार गर्ने र आगामी निर्वाचनमा नेकपाको पक्षमा जनमत निर्माण गर्न सबै लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवै संबिधान सभाका सदस्य राजकुमार गुप्ताले जाहाँ केपी ओली त्यही नेकपा र सूर्य चिन्ह रहने भएकोले कोही पनि विचलित नभै लाग्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँले सरकारले गरेको काम बढी प्रभावकारी बनाउनको लागि कार्यकर्ताहरु लाग्नुपर्ने धारणा राख्नुहुँदै अब हुने निर्वाचनमा आफ्नो पक्षमा जनलहर निर्माणमा लाग्नुपर्ने समेत बताउनुभयो ।
उहाँले मधेस, पहाड, हिमाल सबै क्षे
त्रमा समाज विकासको अवधारणा प्रदर्शन गर्नुले प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारेर देश र जनताको हितमा काम गर्नबाट प्रचण्ड एण्ड कम्पनीले रोकेको आरोप लगाउनु हुँदै अब वैशाखमा हुने निर्वाचनमा सुविधाजनक बहुमत दिन मतदाताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा संविधान सभाका सदस्य प्रद्युम्न चौहानले निर्वाचनमा नेकपालाई जिताउने संकल्प गर्नुभयो ।
कार्यक्रममा नेकपाका नेता एवं केन्द्रिय सदस्य बसरुद्धिन अन्सारीले जहाँ ओली, त्यहीँ नेकपा र सूर्य चिन्ह हुने हुनाले ओलीको पक्षमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा नेताहरु तेजप्रकाश निषाध, सञ्जिव मिश्र, अकलेस साह, हनिफ अन्सारी, अम्बिका सहनी लगायत दर्जनौंले धारणा राखेका थिए ।