वीरगन्ज २५ पुष : आज शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट भब्य धोती जुलस निकालिने भएको छ । नेकपाको भ्रातृ संगठन युवा संघ प्रदेश २ ले सो जुलुस निकाल्न लागेको हो । युवा संघका नेता सञ्जिव झाको अनुसार संस्थापन नेकपा र यसका अध्यक्ष केपी शर्मा ओलीको समर्थन गर्दै जुलुस प्रदर्शन गर्न लागिएको हो ।
युवा संघका नेता सञ्जिवका अनुसार जुलुसको मूल नारा निम्नानुसार छन् ः–
धोती कुर्था गम्छा मधेशी के शान बा !
केपी ओली हमनी सबके जान बा !!
जुलुस तथा सभाका सहभागीहरुले तराईको पहिचानका रुपमा रहेको धोती, गम्छा र कुर्था लगाएका हुनेछन् । सञ्जिवका अनुसार ‘काठमाडौंमा रहनुभएका दुई नम्बर प्रदेशका सयौंजनाले जुलुसमा सहभागिता जनाउने छन् ।
माइतघर मण्डलामा हुने धोती सभामा नेकपाका स्थायी समिति सदस्य योगनारायण यादव, नेता महेश बस्नेत लगायतले सम्बोधन गर्नुहुने छ । सो सभाबाट जुलुस प्रज्ञा भवन पुग्ने बताइएको छ । प्रज्ञा भवनमा सयौंले नेकपा मूलधारमा प्रवेश गर्ने कार्यक्रम राखिएको युवा संघका पर्सा जिल्ला संयोजक महमद निजामले जानकारी दिनुभयो ।