बीरगंज २५ पुषः पर्साका प्रहरी उपरिक्षक गंगा पन्तलाई आज कोभिड एक्सन टिम ( क्याट ) ले सम्मान गरेको छ । जिल्ला समन्वय समितीको सभाहलमा आयोजित कार्यक्रममा उहाँलाई टिमल्े सम्मान गरेको हो । सम्मान कार्यक्रममा प्रहरी उपरिक्षक पन्तले आफुले इमान्दारीतका साथ पाएको जिम्मेवारी पुरा गर्ने प्रयत्न गरेको धारणा राख्नुभएको थियो । उहाँले पर्सामा सबै पक्षबाट आफुले सहयोग पाएको समेत बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिब श्याम पटेल, जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादब, नेपाल पत्रकार महासंघका प्रदेश उपाध्याक्ष केसी लामिछाने, शाखा अध्यक्ष श्याम बन्जारा लगायतले पर्सा जिल्लाका बासिन्दाले बिर्सनै नसक्ने गुण एसपी पन्तले लगाएको भनाइ राखेका थिए । कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितीका प्रमुख नेक महमद अन्सारीले गर्नभएको थियो भने स्वागत भाषण र संचालन क्रमशः तवरेज अहमद र संजिब मिश्रले गर्नुभएको थियो ।