पर्सा । पर्साको वीरगन्ज महानगरपालिकास्थित मानव सेवा आश्रममा खाद्य सामग्री सहयोग गरिएको छ । बिन्दबासिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह सहितको टिमले एक कार्यक्रम बीच खाद्य सामग्री लगायत आवश्यक सामग्रीहरु सहयोग गरेको हो ।
विगत वर्ष झैँ यस वर्ष पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत आश्रमका आश्रितलाई खाद्य सामग्री लगायत अन्य आवश्यक सामग्रीहरु सहयोग गरिएको अधिकृत साहले जानकारी दिए । अधिकृत साहले आश्रमलाई खाद्य लगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।
मानव सेवा आश्रमले सञ्चालन गर्दै आएका सामाजिक कार्यहरुको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि यस संघको सहयोग तथा सद्भाव रहने विश्वास व्यक्त गरे ।
साथै मानव सेवा आश्रमलाई बिन्दबासिनी गाउँपालिकाबाट एक लाख बराबरको रकम छुट्याइने कुरा पनि अधिकृत साहले बताए।
उक्त कार्यक्रममा लेखा प्रमुख मिथलेश कुशवाहा , सामाजिक अभियन्ता प्रकाश थारु , युवा समाजसेवी राजन श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो।