वीरगन्ज २ माघ : वीरगन्ज महानगरपालिकाले घण्टाघरदेखि पावरहाउससम्मको चारलेन सडकको मरम्मत शुरु गरेको छ । करीब दुई किलोमिटर लामो सो सडकखण्ड काम नलाग्ने गरी जीर्ण भएपछि नगरपालिकाको चौतर्फी आलोचना भएको थियो । सडक खाल्डाखुल्डी परेर सवारीसाधन सञ्चालनमा निकै समस्या आएको गुनासोपछि महानगरपालिकाले कालोपत्र कार्य शुरु गरेको हो ।
करिब दुइकिलोमिटर लम्बाईको सडक मरम्मत र कालोपत्रको ठेक्का सिद्धबाबा, शमा जेभी कन्स्ट्रक्शनले रु २ करोड ३ लाखमा ४५ दिनमा सक्ने गरी जिम्मेवारीे लिएको छ । वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले फोरलेन सडकखण्डको काम सडक विभागले तोकेको मापदण्ड अनुसार हुने बताएका छन ।