वीरगन्ज २ माघ : पर्सागढी नगरपालिकाको आर्थिक सहयोगमा तराई नेपाल संस्थाले नगर क्षेत्रका भुस्याहा कुकुरलाई रेबिजविरुद्धको खोप अभियान अन्तिम चरणमा पुगेको छ । तराई नेपाल संस्था बाराका प्रमुख ममता साहले दुईवटा वडामा मात्र खोप दिन बाकी रहेको बताइन् । उनले नगरपालिकाका १४ सय भुस्याहा कुकुरलाई रेबिजविरुद्ध खोप दिने कार्यक्रम रहेको र अहिलेसम्म ९ सय भुस्याहा कुकुरलाई खोप दिइएको बताइन् । प्रमुख साहले वडा नं. ५ र ९ मात्र खोप दिन बाकी रहेको बताइन् । पर्सागढी नगरपालिकाले भुस्याहा कुकुरविरुद्ध अभियान अन्तर्गत पहिलो चरणमा खोप र त्यसपछि बन्ध्याकरण गर्ने योजना रहेको बताइन ।