

बीरगंज ३ माघ : राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिब रमेश सिलवालले नारायणी रंगशालालाई अन्तराष्ट्रिय स्तरको बनाएर बिभिन्न बिधाको खेलकूद प्रतियाृेगिता संचालनको लागि प्रयाप्त सेवा सुबिधा बिस्तार गर्न आफु तयार रहेको धारणा राख्नुभएको छ । आज रंगशालाको निरिक्षण गर्न बीरगन्ज आइपुुग्नुभएको सिलवालले प्याराफिट पुन निर्माण तथा मर्मत संभारमा बजेट अभाव हुन नदिने भएकोले जारी रहेको नयाँ निर्माणका योजनालाई पनि युद्ध स्तरमा आजैबाट जारी राख्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा उहाँले थुप्रै बिभिन्न बिदाको प्रतियोगिता संचालनको लागि आफुले प्रदेश सरकारलाई आग्रह गर्दा पनि अनिच्छा देखाएको गुनासो समेत गर्नुभयो । उहाँले साथै रहेका ठेकदार र अन्य प्राबिधीकहरुलाई समेत निर्माणमा बिलम्ब नगरि नारायणी रंगशालालाई देशको गौरबको रंगशालाको रुपमा परिभाषीत गर्ने गरि आफु लागेको समेत बताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु प्रभु हजरा, बसुरुद्दिन अन्सारी, नेकपाका नेताहरु तेज प्रकाश निषाद, अनुप तिवारी, संजिब मिश्र, हेमन्त तमाङ्ग, राष्«िट्रय खेलकूद परिषदका सदस्य मानदेश हजारा, युवा संघ नेपालका अध्यक्ष मानदेब हजारा, नेकपा नेता सुन्दर कुर्मी, पराग सिँह, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, नेकपाका नेता सन्तोष श्रेष्ठ, इमरान आलम लगायतको सहभागिता रहेको थियो । आजै सिलवालले क्रिकेट मैदान, कवर्ड लहको पनि निरिक्षण गर्नुभएको थियो ।