वीरगन्ज ३ माघ : पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ धोबिनी गाउँ निवास ४० वर्षीय चौधरीको उपचारका लागि रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले ४५ हजार रुपैयाँ सहयोग गरेको छ । क्लबका सदस्यहरुले मिलेर उठाएको सहयोग रकम क्यान्सर पिडित सन्तोष चौधरीलाई शनिबार एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ । चौधरीको घरमा पुगेर क्लबका सामाजिक परियोजना संयोजक अनिल जयसवालले स्थानीय समाजसेवी तबरेज अहमद, सलाउदीन अहमद, खेमराज साहलगायतको उपस्थितिमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । विगत लामो समयदेखि क्यान्सरबाट पिडित चौधरीले नेपालको विभिन्न अस्पताल पुगेर आफ्नो उपचार गराई सकेका छन् । उनलाई अहिले चिकित्सकहरुले भारत विहार राज्यको पटनास्थित अखिल आयुरविज्ञान संस्थान उपचार गराउँन सुझाव दिएका थिए । तर, पैसाको अभावमा उनले त्यहाँ उपचार गराउँन सकिरहेका थिएनन् ।