वीरगन्ज ४ माघ : नेपाली कांग्रेस बिन्दवासिनी गाउपालिकाले बर्तमान सरकारले असम्बैधनीक कदम चालेको भन्दै त्यसको बिरोधमा प्रदर्शन गरेको छ । नेपाली कांग्रेस बिन्दवासिनी गाउपालिकाका सन्योजक विवेक कुमार चौरसिया को नेतृत्व मा निस्केको मोटरसाइकल रयाली स बिन्दवासिनी गाउपालिका द्वालाई इटियाही चौक मा नेपाली कांग्रेस का केन्द्रिय सदस्य तथा तराई मधेस समन्वय बिभाग का प्रमुख अजय कुमार चौरसिया ले नेपाली कांग्रेस का झन्डा देखाइ शुभारम्भ गर्नु भएको थियो। मोटरसाइकल रयाली गाउपालिका का पाँच वटै वडा मा घुमेको थियो। इटियाहि चौक बाट निस्केको रयाली मधवल अमरपट्टी झौवागूठी बहुअर्वा भाठा हरिनगर गर्दौल भेलाहा बडसावरा हासवा हुँदै प्रसौनी भाठा मा आएर कोण सभा मा परिणत भएको थियो। मोटरसाइकल रयाली मा व्यापक सहभागिता रहेको थियो।
राज्य प्रशासन बिभाग का सदस्य अशोक कुमार गुप्ता को प्रमुख आतिथ्य मा भएको कार्यक्रममा शिक्षक महासङ प्रदेश का उपमहा सचिव मोहनलाल पटेल, वडा अध्यक्ष अनोज चौरसिया, गाउपालिका उपाध्यक्ष किरण देबि गुप्ता, बि पि चिन्तन प्रतिस्ठान का अध्यक्ष फजिल मिया लगायत का ले सम्बोधन गरेका थिए।कोण सभा नेपाली कांग्रेस बिन्दवासिनी गाउपालिका सन्योजक विवेक कुमार चौरसिया को अध्यक्षता सम्पन्न भएको थियो।

