वीरगन्ज ४ माघ : बाक्लो हुस्सुसँगै चलेको शीतलहरका कारण चिसो बढ्दा तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ । बाक्लो हुस्सु र शीतलहर बढ्दै जादाँ बुढाबुढी र केटाकेटी जाडोबाट बढी प्रभावित भएका हुन् । कठ्याङ्ग्रीदो जाडोको कारण मध्य तराईको जिल्ला बारा ,पर्सा, रौतहटमा स्थानियहरु आगो तापेर न्यानोको खोजी गरिरहेका छन् । चिसो बढेसँगै सडकमा सर्वसाधरणको हिडडुल पातलिन थालेको छ । अत्याधिक चिसो बढेपछि आर्थिक अवस्था कमजोर भएका, न्यानो कपडा किनेर लगाउन नसक्ने, वासस्थानको उचित व्यवस्थापन नभएकाहरूको अवस्था दयनीय छ । चिकित्सकहरूले भने चिसोवाट बच्न न्यानो कपडा लगाउने, झोलिलो तातो पदार्थ पटक–पटक खाइरहन र बालबालिका र वृद्धवृद्धालाई बढी मात्रामा हेरचाह गर्न सुझाव दिएका छन् ।