वीरगंज,माघ ४
नारायणी अस्पतालका गाइनो प्रमुख डा. सुरेन्द्र चौधरीले बिरामीहरुलाई निजि क्लिनिकमा पठाउने गरेको समाचार प्राप्त भएको छ । बरिष्ठ स्त्री एवं प्रसुति रोग बिशेषज्ञ डा. चौधरीले नारायणी अस्पतालमा उपचार गराउन आउने बिरामीहरुलाई उनी कार्यरत ओम हस्पिटलमा पठाउने गरेको छन । चार दिन अघि डा. चौधरीको निजि क्लिनिक उपचार गराउन गएका एक बिरामीहरुलाई ओम हस्पिटलमा भर्ना हुन दवाद दिएको नाम नबताउने शर्तमा पोखरीया नगरपालिका वडा नम्बर ७ का एक बिरामीका कुरुवाले बताए । डा.ले बिरामी र बिरामीका कुरुवाहरुलाई मानसिक दवाव दिने गरेको समेत कुरुवाहरुले आरोप लगाएका छन । डा. चौधरी नारायणी अस्पतालमा उपचार गराउन आउने बिरामीहरुलाई निजि क्लिनिकमा पठाउने गरेको साथै सरकारी अस्पतालको सेवा सुबिधा राम्रो नभएको तथा निजि क्लिनिकमा आएका बिरामीहरुलाई आफु नारायणी अस्पताल छोडीसकेको बताउने गरेको बिरामीहरुले आरोप लगाएका छन । हस्पिटलमा भर्ना भएका गर्भवति महिलाहरुलाई बच्चा जन्मे पछि मानसिक दवाव दिई पैसा असुल्न स्वस्थ बच्चालाई पनि एनआईसियुमा भर्ना गराउने गरेको कुरुवाहरुले जनाएका छन ।