वीरगन्ज ६ माघ : सोमबार प्रदेश २ भरि बलिदानी दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरि मधेशमा बलिदानी दिवस मनाईरहँदा वीर शहीदहरुको सपना अहिले पनि पुरा नभएको मधेशी बुद्धिजिवीहरुको भनाई छ । मधेशीको पहिचान र अधिकारको लागि वि.सं २०६२÷६३ मा भएको मधेश आन्दोलनको १४ वर्ष पुरा भएको छ । तर, मधेश आन्दोलनलाई नेताहरुले सत्तामा पुग्ने भ¥याङ्ग मात्र बनाएको शहीद परिवारहरुको बुझाई छ । २२ जिल्लालाई मधेश भनिएको भएपनि शासकहरुले मधेशलाई ८ जिल्लामा खुम्चाईदिएका छन् । ८ जिल्लामै चित्त बुझाउँदै मधेश केन्द्रित दलले प्रदेश २ मा सत्ताको बागडोर सम्हालिरहेको छ । बलिदानी दिवस मनाईरहँदा अहिले पनि शहीद परिवार र आन्दोलनका क्रममा घाईते भएका जीउँदा शहीदहरु र तीनका परिवारको अवस्था हातमुख जोड्न मै सिमित छ । तर, मधेश आन्दोलनलाई जन्म दिएका नेताहरु विलासी जीवन बिताईरहेका छन् । कैयौँ पटक केन्द्रको सत्ता सम्हाले पनि मधेश आन्दोलनका मुद्दाहरु अझैपनि ओझेलमै छन् । आशातित् रुपमा मधेशमा राजनीतिक रुपमा चेतनाको स्तरमा वृद्धि र पहिचान भाषालगायतका विषयहरुमा मधेशीहरु सचेत भएपनि जनजीविकामा खासै परिवर्तन भएको छैन ।