राजन कुमार बानिया
पोखरिया १३ माघ : सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिस्वा बंजारीले पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वार्ड नं ५ भिस्वा नाका हुँदै नेपाल भित्रिरहेको लागू औषध नियन्त्रणमा लिन सफल भएको छ । लागू औषध नेपाल भित्रयाउन लागेको बिशेष सूचनाको अधारमा बोर्डर आउट पोस्ट भिस्वा बन्जारी का सशस्त्र प्रहरी निरीक्षक सन्जिप बानियाको कमान्डमा खटिएको टोलिले लागू औषध नियन्त्रणमा लिन सफल भएको हो ।प्रहरीलाई देख्न बितिकै तस्करले सो लागू औषधको झोला फालेर भागेका थिए
सशस्त्र प्रहरीले जनाए अनुसार मंगलबार बिहान करीब साढे १० बजेको समयमा भारतबाट लूकाइ छिपाइ ल्यादै गरेको अवस्थामा ९ सय ४९ पिस प्रतिबन्धित लागू औषध बरामद गरेको जनाए ।
प्रतिबन्धित लागू औषध
फेनेर्गन ३ सय ४९ पिस, नोफिन ३ सय ५० र डाइजोपान २ सय ५० पिस बरामद भएको सशस्त्र प्रहरी निरीक्षक सन्जिप बानियाले जनाएका छन । बराम्मद भएको लागू अौषध ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरी उपरक्षक राजेन्द्र खडका ले जनाएका छन ।