

काठमाडाैं। निरन्तर छलफलमा जुट्दै आएको सत्ता गठबन्धनले अझै सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन । बुधबार अबेरसम्म चलेको बैठकमा पनि कुनै सहमति जुट्न सकेन ।आफूले भने बमोजिम न्यूनतम सिट दिन गठबन्धनमा रहेका दलहरू तयार नहुँदा कुरा नमिलेको जसपाका अध्यक्ष उपन्द्र यादवले बताए । सहमती नभए गठबन्धन बाहिरका दलहरुसँग पनि सहकार्य गर्न सक्ने भन्ने निर्णय गरिसकेको हुँदा नेताहरुले जसपालाई फकाउने प्रयास जारी राख्दै आएका छन् ।गठबन्धनमा तानातान भएकाले निर्वाचन क्षेत्र बाँडफाँटको टुंगो लाग्न नसकेको हो ।बुधबारको बैठकमा कुनै सहमति जुटेन।आज बैठक बस्ने कि नबस्ने भन्ने टुंगो छैन।यादवले अहिलेसम्मको वार्ताले सकारात्मक निष्कर्ष निकाल्न नसकेको बताए। जसपाले आफ्नो दललाई कम्तीमा २१ सिट चाहिने अडान लिएको छ। गठबन्धन दलले उसले आफूलाई १६ सिटले नपुग्ने स्पष्ट पारेको छ। सत्ता घटक मधेशी दल जसपा केही बिच्किएको छ ।मधेशमा आफूहरूले भनेजति सिट नपाउने भएपछि जसपाले अर्को कुनै दलसँग पनि तालमेल गर्न सक्ने गरी निर्णय गरेको हुँदा यसले गठबन्धनमा हलचल मच्चाएको छ । शीर्ष नेताहरूको केही समय जसपालाइ फकाउन खर्च हुने देखिन्छ ।सबैले भने बमोजिम सिट पाउने जसपाले चाँही किन नपाउने ? एक नेताले भने।नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच छुट्टै छलफल भएको बैठकमा सहभागी नेताहरुले बताएका छन्।गठबन्धनले अर्को बैठक बिहीवार बिहान ९ बजेका लागि बोलाएको छ। अाजको बैठकमा सहमति जुट्ने सम्भावना रहेको जसपाका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए।गठबन्धनले १६५ प्रतिनिधि सभाको र ३३० प्रदेश सभाको प्रत्यक्षतर्फको सिट बाँडनुपर्नेछ।कार्यदलले कांग्रेसलाई ८५/८७, माओवादी केन्द्रलाई ४५ देखि ५०, एकीकृत समाजवादीलाई १७, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिने प्रस्ताव गरेका थिए।उक्त प्रस्तवमा केहि सिट हेरफेर गरेर भए पनि गठबन्धन दलका नेताहरु सहमतिका लागि गृहकार्य गरिरहेका छन्।निर्वाचन आयोगले तोकेको मनोनयनको दिन असोज २३ गते आउन ४ दिन मात्रै बाँकी रहँदा पनि गठबन्धनमा सहमति जुटेको छैन ।