जनता समाजवादी पार्टी नेपाल र नेकपा एमाले बीच मधेशमा गठबन्धन गर्ने विषयमा सहमति जुटेको छ ।
मधेश प्रदेशको ३२ मध्ये जसपाले १६ र एमालेले १६ सिटमा निर्वाचन लड्ने विषयमा सहमति जुटेको हो । जसपाका एक नेताका अनुसार शनिबार यस विषयमा सहमति जुटेको हो । प्रदेशसभामा पर्सा जिल्लाको चारै सिटमा बाँडफाँड टुङ्गीएको छ ।
जस मध्य प्रदेशसभामा पर्सा जिल्लाको चारै सिटमा क्षेत्र नम्बर १ (ख) मा जसपाको तर्फबाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत क्षेत्र नम्बर २ (क) बाट जसपाको तर्फबाट रामनरेश यादव, क्षेत्र नम्बर ३ (ख ) मा जसपाको तर्फबाट डाक्टर मधु गुप्ता र क्षेत्र नम्बर ४ (ख ) मा जसपाको तर्फबाट सिंगासन साह कलवार लड्ने भएका छन् । 
