वीरगन्ज १६ माघ : बिन्दवासिनी गाउँपालिका वडा–४को सहयोग तथा न्यू स्टार जनजागरण युवा क्लब पोखरियाको आयोजनामा वडा स्तरीय जनप्रतिनिधि,कर्मचारी तथा शिक्षक ३ दिने क्षमता अभिवृद्धि सम्बन्धि तालिम सम्पन्न भएको छ।वडा अध्यक्ष अनोजकुमार चौरसियाको अध्यक्षतामा सप्पन्न तालिममा वडा न ४ का जनप्रतिनिधि,वडा कार्यलयका कर्मचारी,अमरपटी स्वास्थ चौकीका स्वाथ्यकर्मी तथा नेराप्राबी मधवल र अमरपटी का प्रअ,शिक्षक र बालबिकास सहजकर्ताहरुको उपस्तिथि रहेको थियो ।