

वीरगन्ज । संबिधान सभाका सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताले संघीय संसद पदमा पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन । उनी जसपा र एमालेका साझा उम्मेदवार हुन । सो क्षेत्रमा एमाले जसपाका गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ३ कै क र ख मा मञ्जुर अन्सारी र डाक्टर मधु गुप्ताले प्रदेश सदस्यको उम्मेदवार दर्ता गराएका छन । उम्मेदवारी दर्तापछि आयोजित प्रतिबद्धता सभालाई एमालेका नेता तथा सांसदका उम्मेदवार राजकुमार गुप्ताले आम जनताको भावनालाई आफुले निरन्तर बुझेर अघि बढ्कोले क्षेत्रको समग्र बिकासको लागि एमालेले जित्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा जसपाका नेता हरिनारयाण रौनियार, बीरगंज महानगरपालिकाको पुर्ब नगर प्रमुख बिजय कुमार सरावगी, प्रदेस सदस्य पदका उम्मेदवारहरु मन्जुर अन्सारी, डाक्टर मधु गुप्ता, एमालेका नेताहरु शिव पटेल, पोखरियाको नगर प्रमुख प्रद्युम्न चौहान, पकाह मैनपुर पालिकाको पुर्ब प्रमुख बिजय चौरसिया, बिन्दबासिनी पालिकाको पुर्ब प्रमुख श्रीलाल साह मोदी, एमालेका नेता फरमान अन्सारी, बिनोद गिरि, मनोज कुर्मी लगायतले एमाले र जसपाका गठबन्धनका उम्मेदवारले चुनाव जित्ने धारणा राख्नुभएको थियो । कार्यक्रमको सभापतित्व राजेश रौनियारले गर्नुभएको थियो । यसैगरि पर्सा १ बाट नेपाली कांग्रेससँग बिद्रोह गरि स्वतन्त्र उम्मेदवारको रुपमा अजय दिबेदीले संघीय संसद पदको उम्मेदवारी दर्ता गराएका छन । उनको पार्टी र लोसपाको गठबन्धनमा सो क्षेत्रमा लोसपाका नेता लक्ष्मणलाल कर्णले उम्मेदवारी दर्ता गराएका छन भने एमालेको तर्फबाछ प्रदेश सदस्यमा बिचारी यादबले, मुख्यमन्त्री लालबाबु राउत, स्वतन्त्र उम्मेदवारको रुपमा जन्नत अन्सारीले पनि उम्मेदवारी गराएका छन । यसैगरि क्षेत्र नम्बर २ बाट जसपाका सुरेन्द्र कुर्मी, नेपाली कांग्रेसका अजय चौरसिया, जसपाका रामनरेश यादब, नेकाको श्याम पटेल, रमेश पटेल, एमालेका हरेराम पटेल, करिमा बेगम लगायतले पनि संघ र प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन । यसैगरि ३ मा नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले संघीय संसदका पदमा उम्मेदवारी दर्ता गराएका छन भने ४ मा एमालेका जालिम मियाँ, नेपाली कांग्रेसका रमेश रिजालले संघीय संसदमा उम्मेदवारी दर्ता गराएका छन भने एमालेका नेता जयप्रकाश थारुले प्रदेश सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन ।