

पर्सा। अगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको चुनावको लागि आज मनोनयन दर्ता भएको छ । पर्सा क्षेत्र नम्बर ३ को पोखरीया नगरपालिका ४ स्थित रहेको निर्वाचन कार्यालयमा प्रतिनिधि सभाका लागि ११ जाना तथा प्रदेश सभा सदस्यको लागि क बाट १३ जना र ख बाट १३ जानाले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधि सभामा नेकपा एमाले गठबन्धनबाट राजकुमार गुप्ता ,नेपाली कांग्रेससहित ५ दलिय गठबंधनबाट सुरेन्द्र प्रसाद चौधरी ,नेपाल शुसासन पार्टीबाट राजकुमार यादव, नेमकिपाबाट आसा काजी वनमाला लगायतले मनोनयन दर्ता गराएका हुन भने स्वतन्त्र बाट ६ जानले मनोनयन दर्ता गराएका छन्। त्यसै गरी प्रदेश सभा क बाट अब्दुल रहिम अंसारी, शिवकुमार साह, छोटेलाल यादव,निल गिरि, चन्द्रिका सहनी,लगायत १३ जानाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। प्रदेश सभा ख बाट नेकपा एमाले गठबन्धनबाट मधु गुप्ता, नेपाली कांग्रेसको गठबन्धनबाट जनार्दन सिंह, एकीकृत समाजवादीबाट प्रह्लाद गिरी, नेपाल शुसासन पार्टीबाट गौरी शंकर साह लगायत १३ जनाले मनोनयन दर्ता गराएका हुन । मनोनयन दर्ता गराउन गएका पार्टी तथा स्वतन्त्र उमेद्वारका समर्थकहरुले आ आफ्नो पक्षमा नारा जुलुस प्रदर्शन गरेको थिए।