पर्सा । सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सिट बाँडफाँटमा सहमती अनुसार आइतबार मनोनयन दर्ता भएको छ ।
लोसपाबाट पर्सा क्षेत्र नम्बर १ मा लक्ष्मणलाल कर्णले उम्मेदवारी दर्ता गरेका छन् भने नेपाली कांग्रेसबाट क्षेत्र नम्बर २ मा पुर्व मन्त्री अजय कुमार चौरसिया र क्षेत्र नम्बर ३ बाट पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी र क्षेत्र नम्बर ४ बाट रमेश रिजालले उम्मेदवारी दर्ता गराउनुभएका छन् ।
त्यस्तै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच सिट बाँडफाँटमा सहमति अनुसार पर्सा क्षेत्र नम्बर १ बाट प्रदीप यादव र क्षेत्र नम्बर २ बाट सुरेन्द्र कुर्मीले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट क्षेत्र नम्बर ३ मा संविधानसभा सदस्य राजकुमार गुप्ता र क्षेत्र नम्बर ४ बाट जालिम मियाँले उम्मेदवारी दर्ता गराउनुभएका छन् ।
त्यस्तै गठबन्धन तर्फबाट प्रदेश सभाका पर्सा क्षेत्र १को (क) बाट रामनारायण कुर्मी,क्षेत्र १को (ख) बाट रहबर अन्सारी, क्षेत्र २को (क) बाट श्याम पटेल,क्षेत्र २को (ख) बाट रमेश पटेल,क्षेत्र ३को (क) बाट जनार्दन सिंह क्षेत्री,क्षेत्र ३को (ख) बाट छाेटेलाल यादव, क्षेत्र ४को (क) बाट शंकर चौधरी,क्षेत्र ४को (ख) बाट शेक चन्द ताराले उम्मेदवारी दर्ता गराउनुभएका छन ।
त्यसै गरी प्रतिपक्षी गठबन्धन तर्फबाट प्रदेश सभाका पर्सा क्षेत्र १को (क) बाट बिचारी यादव ,क्षेत्र १को (ख) बाट मुख्यमन्त्री लालबाबु राउत, क्षेत्र २को (क) बाट रामनरेस यादव ,क्षेत्र २को (ख) बाट हरेराम पटेल,क्षेत्र ३को (क) बाट मन्जुर अन्सारी,क्षेत्र ३को (ख) बाट मधु गुप्ता, क्षेत्र ४को (क) बाट जयप्रकाश थारु,क्षेत्र ४को (ख) बाट सिंहासन साहले उम्मेदवारी दर्ता गराउनुभएका छन ।
यस्तै नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति अजय द्धिवेदीले पर्सा १ को प्रतिनिधीसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जसमा जसपाबाट सबैभन्दा बढी असन्तुष्टहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन । प्रदेश सभा सदस्यका लागि जसपा केन्द्रिय सदस्यद्वय करिमा बेगम र जन्नत अन्सारी , युवा नेता मुकेश द्विवेदी , रुपेशमान सिंह , लोसपाका केन्द्रिय सदस्य शशीकपुर मियाँ , लोसपाकै वीरगन्ज महानगर अध्ध्यक्ष ओम प्रकाश सर्राफले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यस्तै नेपाली काँग्रेसबाट टिकट नपाएका युवा नेता सुधीर पटेलले पनि प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
जसपा केन्द्रिय सदस्य बेगमले पर्सा २ को (ख) , अर्का केन्द्रिय सदस्य अन्सारीले पर्सा १ को (क) , जसपाका युवा नेता द्विवेदीले पर्सा २ को (ख) , जसपाकै युवा नेता सिंहले पर्सा २ को (ख) , लोसपाका केन्द्रिय सदस्य मियाँले पर्सा १ को (ख) र लोसपा नगर अध्यक्ष सर्राफले पर्सा १ को (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । काँग्रेस युवा नेता पटेलले भने पर्सा १ को (क) मा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।