नक्कली नेपाली नोट सहित पक्राउ परेका तिन जनालाई बारा प्रहरीले आज सर्वाजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलन गरि ९ लाख नक्कली नेपाली नोटमा संलग्न तिन जनालाई सार्वजनिक गरेको हो ।
नक्कली नोट सहित पक्राउ पर्नेमा भारत मोतिहारि पुर्वी चम्पारण पिपराकोठी बस्ने २५ बर्षिय रंजित कुमार मुखिया,कलैया उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३४ बर्षिय सैनुल्लाह अंसारी र सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने ३६ बर्षिय बिनाका मुखिया बिन रहेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताए ।
प्रहरी उपरिक्षक बोगटीका अनुसार असोज २१ रंजितले सिम्रौनगढ नगरपालिका ५ कनकपुर स्थित एसपि साईन मोटरसाईकल लिएर नेपाल भित्रिने क्रममा पक्राउ परेका थिए ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सैनुल्लाह र बिनाका पनि संलग्न रहेको देखिए पछि असोज २३ उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरी उपरिक्षक बोगटीले बताए । बोगटीले चाडपर्व र निर्वाचनको मौका छोपी कारवाहीको सक्रियता बढेको बताए ।