बारामा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।बाराको सिम्रौनगढ नगरपालिका–२ स्थित महुवाहीबाट प्रहरीले २७ सय पिस लागुऔषधसहित भारतको बिहार घर भएका २८ वर्षीय मोहन प्रसाद यादवलाई पक्राउ गरेको छ ।बिआर–०५ यु४०३७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई असोज २१ मा पक्राउ गरिएको बाराका एसपी होविन्द्र बोगटीले बताए । आरोपीको साथबाट प्रहरीले डाइजेपाम इन्जेक्सन ९ सय पिस, फेनारगन ९ सय पिस, र नुर्फिन ९ सय पिस बरामद गरेको छ ।आरोपीमाथि प्रहरीले लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको छ ।