वीरगन्ज । नेकपा एमाले पार्टी पर्साले पार्टीको निर्णय उलंघन गरी उम्मेदवारी दर्ता गराएका नौ जनालाई कारबाही गरेको छ । एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुले बिहीवार एक विज्ञप्ति जारी गर्दै पार्टीको निर्णय विपरित प्रदेशसभा निर्वाचनका लागि बागी उम्मेदवारी दर्ता दिएका नौ जनालाई पार्टीबाट निष्काशन गरेको हो ।पर्सामा एमालेबाट कारबाहीमा पर्नेहरुमा सन्तोष कुमार श्रेष्ठ , प्रह्लाद साह कानु , शान्त कुमार जोशी , अफताब आलम , महमद आलम देवान , फरमान अंसारी , प्रह्लाद गिरी , निराराज गिरी , सङ्खो लामा तामाङ रहेका छन् ।


एमाले पर्साका अध्यक्ष थारुले जारी गरेको विज्ञप्ति अनुसार आसन्न प्रदेश सभा निर्वाचनमा नेकपा एमाले र जसपा नेपालको केन्द्रिय निर्णय अनुसार सिट तालमेल गरी आ-आफना पार्टीबाट आधिकारीक उम्मेदवारी दिने बाहेक स्वतन्त्र तथा अन्य राजनैतिक दलहरुबाट बागी भई दिएका उम्मेदवारहरु पार्टीको निर्देशानुसार आफनो उम्मेदवारी समयमा फिर्ता नगरेकाले निजहरुलाई पार्टी विधान, निर्णय निर्देशानुसार तपशिलको उम्मेदवार बनेकाहरुलाई आजैको मितिबाट पार्टीको सधारण सदस्य नरहने गरि निष्काशन गरिएको साथै बागी उम्मेदवारहरुलाई पार्टीको अन्य नेता कार्यकर्ताहरुलाई निर्वाचनमा कुनै पनि सहयोग नगर्न / नगराउन समेत अनुरोध गरिन्छ भनी उल्लेख गरिएको छ ।