बारा । बारामा प्रहरीले हतियार सहित एक युवकलाई पक्राउ गरेको छ । पचरौता नगरपालिका वडा नम्बर ८ बाजोपट्टीका २९ बर्षिय अमर राय यादव रहेका छन् । उनको साथबाट कटुवा पेस्तोल १ थान र अत्याधुनिक चक्कु १ थान बरामद भएको बाराका प्रहरी उपपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका ९ स्थित तियर खोलाको पुलबाट यादवलाइ कटुवा पेस्तोल र चक्कु सहित पक्राउ गरेको हो ।भारतबाट आउदै गरेका यादवले प्लाष्टिकको बोरामा भित्र लकुाइ छिपाइ राखेको अवस्थामा पेस्तोल र चक्कु बरामद भएको बोगटीले बताए । हतियार सहित पक्राउ परेका यादवलाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बारा, ले जनाएको छ ।