काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी चार नेतालाई पदमुक्त गरेका छन् ।जसपाले एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रीहरूलाई पदमुक्त गरेका हुन् ।मन्त्रीबाट पदमुक्त हुनेमा जसपाको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ‚ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई‚ वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छीमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।जसपाबाट मन्त्री भएका चार जनालाई पदमुक्त गरिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी छन् ।